दाङमा आईतवार थप ३ जनामा कोरोना संक्रमण पुष्टि

दाङ, ४ साउन ।
दाङमा आईतवार थप तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा आईतवार गरिएको कोरोना परिक्षणमा लमही नगरपालिका वडा नम्वर १, ५ र ७ का क्रमश ६३,३३ र २१ वर्ष उमेर समुहका तिन जना पुरुषमा कोरोना रिपोट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

यस्तै सल्यान शारदा नगरपालिका वडा नम्वर २ का ३९ वर्ष र वडा नम्वर १५ का २४ वर्षका गरी दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार रोल्पामा थप चार जनाको कोरोना संक्रमण देखीएको छ । जसमा सुनिलस्मृति गाउँपालिका वडा नम्वर ३ का २ र वडा नम्वर ८ का २ जना रहेका छन् । उनीहरु १३, २०, २३ र ३६ वर्ष उमेर समुहका सवै पुरुष रहेका छन् ।

प्रकाशित मिति : २०७७ साउन ४ गते आइतवार
प्रतिक्रिया