अश्वारा खानेपानीको संशोधित विधान अनुमोदन

तुलसीपुर, ४ साउन

अश्वारा खानेपानीको संशोधित विधान २०७४ लाई अनुमोदन गरिएको छ । तुलसीपुर– ८ अश्वारामा बसेको सर्वदलिय सर्वपक्षीय भेलाले अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको विधान २०६१ को संशोधित विधान २०७४ लाई सर्वदलीय सर्वपक्षीय भेलाले अनुमोदन गरेको गरेको हो ।

भेलाले खानेपानीलाई व्यवस्थीत गर्न पार्सद समेत गठन गर्ने निर्णय गरेको अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव ओपेन्द्र बस्नेतले जानकारी दिनुभएको छ । संशोधित विधान २०७४ लाई टेकेर साउन मसान्तसम्म सिस्टम नं. १ देखि ३ नम्बरसम्म, पार्सद गठन गरिसक्ने निर्णय भएको हो । संशोधित विधान २०७४ मा ५ धारा बराबर १ जना पार्सद गठन गर्न सकिने व्यवस्था छ ।

भेलामा बोल्ने अधिकांस वक्ताले उपभोक्तालाई सहज रुपमा स्वच्छ, सफा पानी पु¥याउनु पर्ने भन्दै खानेपानीका संरचनालाई अझै मजवुत बनाउन आग्रह गरेका थिए । समितिका अध्यक्ष शिवबहरी भण्डारीको अध्यक्षतामा भएको सर्वपक्षीय भेलामा नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि यमप्रसाद सुवेदी, नेपाली कांग्रेसका चक्र बहादुर भण्डारी, समग्र टोल विकास संस्थाको तर्फबाट सृजना टोल विकास संस्थाका अध्यक्ष जुद्धबहादुर खत्री, पूर्व राष्ट्रसेवक कर्मचारीको तर्फबाट शेषमणी शर्मा, समाजसेवी योगेन्द्र बहादुर शाह (दिपक) खानेपानीका सल्लाहाकार तिलक बहादुर बस्नेत लगाएतले आ–आफना भनाई राखेका थिए ।

सर्वदलिय सर्वपक्षीय भेलामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, विभिन्न टोल विकास संस्था लगाएतका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति : २०७७ साउन ४ गते आइतवार
प्रतिक्रिया