टेक्टर दुर्घटना हुदा चालक सहित ७ जनाको मृत्यु ,एक जना हाम फालेर बाँचे

दाङ, ४ साउन ।

प्युठानमा शनिवार राती टेक्टर दुर्घटना हुदा चालक सहित ७ जनाको मृत्यु भएको छ । जिल्लाको धरमपानीबाट भींग्री तर्फ जादै गरेको लु १ त ४२३४ नम्वरको टेक्टर स्वर्गद्धारी नगरपालीका वडा नम्बर ३ रुमाले भन्ने स्थानमा शनिवार राती १२ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । दुर्घटनामा परि चालक रोल्पा त्रिवेणी गापा बस्ने बर्ष २५ को कमल कंवर, रुन्टिगढी गाउँपालिका ५ बाईजा बस्ने बर्ष २१ को सागर बस्नेत ,२४ बर्षिय रिम बहादुर बस्नेत , १९ बर्षिय बिरेन्द्र बाठा मगर , बर्ष १९ को थमन बाठा मगर , गोबर्धन बुढा मगर र बर्ष २५ को कबिराम बस्नेतको मृत्यु भएको हो ।

उनीहरु सवै भिंग्री सडक खण्डमा काम गर्ने मजदुर रहेको प्रहरीले बताएको छ । टेक्टरमा आठ जना सवार रहेकोमा एक जनाले हाम फालेर ज्यान जोगाएको प्रहरीले बताएको छ । टेक्टर सडक देखी झण्डै ५०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् । दुर्घटना हुनुको कारण भने खुलेको छैन । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ साउन ४ गते आइतवार
प्रतिक्रिया