विप्लव समूहका इन्चार्ज थापा पक्राउ

तुलसीपुर, ३ साउन

नेत्रविक्रम चन्द समूहका रोल्पा इन्चार्ज कमल थापालाई प्रहरीले पक्राउ गरेको छ । उक्त समूहका राप्ती ब्यूरो सदस्य समेत रहेका थापालाई प्रहरीले शुक्रबार उनकै घर गजुलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार थापालाई चन्दा संकलन, बम विस्फोट र टेलिफोन टावरमाथि आक्रमण गरेको अभियोग लागेको छ । थापालाई जिल्ल प्रहरी कार्यालयको हिरासतमा राखीएको छ ।

प्रकाशित मिति : २०७७ साउन ३ गते शनिवार
प्रतिक्रिया