दाङमा शनिवार पाँच जनामा कोरोना संक्रमण

दाङ, ३ साउन ।

दाङमा शनिवार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा गढवा गाउँपालिका वडा नम्वर १, २, ३, ४, ६ का क्रमश २७, १८, ४०, ३४ र ४४ बर्ष उमेर समुहका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस अघि शुक्रवार मात्रै तुलसीपुरका ३ र दंगीशरणका २ गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै शनिवार बाँके, बर्दिया मा पनि कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार, बाँके खजुराका ४ पुरुष र १ महिला गरी ५ जना, बर्दिया ठाकुरबाबाका ५ महिला र ५ पुरुष गरी १० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ३ सय नमुना मध्ये, २० जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७७ साउन ३ गते शनिवार
प्रतिक्रिया