टोलटोलमा सुरक्षा समिति गठन गदै स्थानिय सरकार र प्रहरी

तुलसीपुर, ३ साउन ।

तुलसीपुर उपमहानगरपालिका र ईलाका प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा नगरका प्रत्येक टोलटोलमा सुरक्षा समिति गठन गरिएको छ । टोल बस्तीमा सामाजिक विकृति ,विसंङगती र अपराधिक क्रियाकलापलाई न्युनीकरण गरी समाजलाई शान्ती सुरक्षाको कायम गर्ने उद्देश्यले टोलटोलमा सुरक्षा समिति गठन अभियानको सुरुवात गरिएको अस्थायी प्रहरी पोष्ट बसपार्कका ईन्चार्ज सोम बहादुर हमालले बताएका छन् ।

तुलसीपुर ५ स्वर्गद्धारी टोल विकास संस्थामा शनिवार आयोजना गरिएको सुरक्षा समिति गठन कार्यक्रममा बोल्दै उनले स्थानिय सरकार तुलसीपुर उपमहानगरपालिका कार्यालयको अवधारण अनुरुप प्रहरीले समन्वय गरी समिति विस्तार गरिएको बताएका छन् । समाजमा शान्ती सुरक्षा काम गर्न सवैको दायीत्व भएकाले हरेक नागरिक बर्दि बिनाको प्रहरी बन्न आग्रह समेत गरिएको छ ।
संस्थाका अध्यक्ष दिपक वलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य अजय बुढाथोकीले गाउँसमाजमा सवै नागरिक मिलेर बस्नु पर्ने बताउदै अनाबश्यक होहल्ला, झैगडा गर्नु समाजकै लागी बेफाईदा हुने बताएका छन् । गाउँसमाजमा सवैको एकता र मेलमिलाप भए मात्रै विकास र समृद्धि हासील गर्न सकिने उनको भनाई छ । सो अवसरमा वडा सदस्य बुढाथोकीको संयोजकत्वमा ११ सदस्यिय टोल सुरक्षा समिति गठन गरिएको छ । जसमा अध्यक्ष पवित्रा बुढाथोकी, सदस्य सचिवमा मोहन वली, सदस्यहरुमा कमला सुनार, लक्ष्मी केसी, दिपक डाँगी, मित्रलाल बागचन्द, तारा परियार, सिता केसी लगाएतका रहेका छन् । समितिको सल्लाहकारमा दिपक वली, तुलसीराम विक, तिला चौधरी लगाएतका रहेका छन् ।

प्रकाशित मिति : २०७७ साउन ३ गते शनिवार
प्रतिक्रिया