सञ्चार उद्यमी हेमराजको १० औँ स्मृतीमा कार्यक्रम गरिने

दाङ,३ साउन ।
सञ्चार उद्यमी देवी प्रसाद धिताल (हेमराज)को १० औं स्मृतीमा कार्यक्रम आयोजना गरिने भएको छ । स्वर्गिय धितालको स्मृतीका लागि स्थापना गरिएको देवी प्रसाद धिताल हेमराज प्रतिष्ठानले १० औं स्मृति सभा गर्ने प्रतिष्ठानका महासचिब महेन्द्र लामिछानेले जानकारी दिएका छन् ।प्रतिष्ठानका जेष्ठ सदस्य लेबेन्द्र धितालको अध्यक्षतामा शनिबार तुलसीपुरमा बसेको बैठकले यहि साउन ६ गते माल्यार्पण र रक्तदान कार्यक्रम गर्ने निर्णय गरिएको महासचिव लामिछानेले जानकारी दिए । उनका अनुसार त्रिशिद्धेश्वरी राप्ती यातायात सेवाप्रा.लि.को केन्द्रिय कार्यालय तुलसीपुरको परिसरमा रहेको स्वर्गीय धितालको शालिकमा साउन ६ गते बिहान ८ बजे माल्यार्पण गरिने छ ।

उनको स्मृतिमा सोही स्थान र समयमा गरिने छ ।कोभिड १९ का कारण देशभर लकडाउन लागू भईरहेको परिस्थीतिमा यसपटक औपचारिक कार्यक्रम नहुने प्रतिष्ठानले जनाएको छ ।परिस्थीति सामान्य हुदै गएमाबाँकी रहेका अन्य औपचारिक कार्यक्रमपनि सोही अनुरुपगरिने शनिबार सम्पन्न प्रतिष्ठानको बैठकले निर्णय गरेको छ ।२०६७ साउन ६ गते सावीक उरहरी गाबिसको हेमनगरमा अपरान्ह् साँढे ५ बजेतिर अज्ञात समुहले धितालको गोलि हानि हत्या गरेको गरेका थिए । तर हत्या भएको एक दशक पुगि सक्दापनि कस्ले र किनहत्या गरेको हो भन्ने कुरा अझै खुल्न सकेको छैन । धिताल राप्ती सञ्चार सेवाद्धारा सञ्चालित रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष हुन् ।

 

प्रकाशित मिति : २०७७ साउन ३ गते शनिवार
प्रतिक्रिया