सर्पले डस्दा तुलसीपुरमा बालिका गम्भिर बिरामी

तुलसीपुर, २ साउन

सर्पले डस्दा तुलसीपुरमा एक बालिका गम्भिर बिरामी परेकी छन् । गम्भिर बिराम पर्नेमा तुलसीपुर, ७ राजापुरमा मावली बाजेबोइसंग बस्दै आएकी ८ बर्षीया बालिका सुस्मीता बुढामगर रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

बाजेबोइसंग सुतेकी बालीकाले गएराति एक्कासी पेटदुख्यो भन्दै छटपटाउन थालेपछि झारफु गर्दा गर्दै अचेत भएपछि बिहान राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।तुलसीपुरको पन्ननपुर निबासी बालिकाका बुबा र आमा भारतको लद्दाकमा बस्दै आइरहेका छन् ।

प्रकाशित मिति : २०७७ साउन २ गते शुक्रवार
प्रतिक्रिया