पश्चिम दाङमा सर्पको टोकाईबाट एक बालक विरामी

तुलसीपुर, २ साउन ।

पश्चिम दाङमा सर्पले डस्दा एक बालक विरामी परेका छन् । बबई गाउँपालिका वडा नम्वर ६ जौवारी बस्ने ५ बर्षिय विवेक बुढाथोकी विरामी परेका छन् । ती बालकलाई विहिवार साँझ ७ बजेतिर घर नजिकै बाटोमा हिड्ने क्रममा विषालु सर्पले डसेको थियो ।उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको अस्पताल स्रोतले बताएको छ । गराची नामक सर्पले उनको हातमा डसेको बताईएको छ ।

प्रकाशित मिति : २०७७ साउन २ गते शुक्रवार
प्रतिक्रिया