नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडौ, २ साउन ।

नेपालमा कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भए संगै नेपालमा संक्रमणकै कारण मृत्यु हुनेको संख्या ४० पुगेको हो । सप्तरी राजविराज नगरपालिका–६ का ७२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका एक डाक्टरका अनुसार उनको बिहीबार राती ११ बजे उपचारकै क्रममा निधन भएको हो। मुटु रोगी ती पुरुषमा मधुमेहको समस्या समेत थियो। उनलाई उपचारका लागि असार ३० गते प्रतिष्ठानमा लगिएको थियो। उपचारकै क्रममा उनको स्वाब स‌ंकलन गरिएको थियो। पिसिआर परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको हो। यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी रहेको छ ।

 

प्रकाशित मिति : २०७७ साउन २ गते शुक्रवार
प्रतिक्रिया