दाङमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु , ७ घाईते

 

दाङ, १ साउन ।

दाङको विभिन्न स्थानमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाईते भएका छन् ।कृष्णनगर हुदै कपिलबस्तु देखी तुलसीपुर तर्फ आउदै गरेको रा १ च ९६२ नम्वरको बलेरो जिप घोराही ३ मसोट नजिकै दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
विहिवार विहान साढे पाँच बजे भएको दुर्घटनामा परि तुलसीपुर १५ बस्ने १६ बर्षिय पदम वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । यस्तै दुर्घटनामा परि जिप चालक तुलसीपुर १५ बस्ने ३८ बर्षिय भिम बहादुर वली , सोहि ठाउँका २६ बर्षिय देवराज वली , १७ बर्षिय बिशाल वली र २४ बर्षिय गोपाल श्रेष्ठ घाईते भएका छन् ।

यस्तै राप्ती गाउँपालिका ३ मसुरिया स्थित गाडिले ठक्कर दिदा सोहि गाउँपालिका वडा नम्वर ९ देविकोट बस्ने पैदल यात्री २६ बर्षिय रमेश कार्की घाईते भएका छन् । पुर्व पश्चिम राजमार्गमा तुलसीपुर दाङबाट बुटवल जाँदै गरेको प्रदेश नम्वर २(०३(०१ज३६ नम्वरको गाडिले विहान ८ बजेतिर ठक्कर दिदा कार्की घाईते भएका छन् । घाईते कार्कीको लमही अस्पताल लमहीमा उपचार भईरहेको छ भने गाडी चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घोराही १५ बुद्ध चोक स्थित रोकी राखेको रा १ ह ३००६ नम्वरको अटोमा रा ३ प ९०४८ नम्वरको मोटरसाईकल ठोकिदा मोटरसाईकल चालक वडा नम्वर ७ पर्सा बस्ने ३० बर्षिय युबराज पुन र पछाडी सवार सोहिका ३२ बर्षिय हुनाराम पुन घाईते भएका छन् । दर्घुटना विहिवार विहान दश बजेतिर भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ साउन १ गते बिहिवार
प्रतिक्रिया