नेपाल विहिवार १६७ कोरोना संक्रमित थपिए

काठमाडौ, १ साउन ।

बिहीबार नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।वितेको २४ घण्टामा २१३ जना डिस्चार्ज भएका छन् ।
हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ जना रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।कोरोना संक्रमित भई उपचारमा रहेका संक्रमितको संख्या ६ हजार ५६ रहेको छ ।कोरोना संक्रमणबाट नेपालमा हालसम्म ३९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ साउन १ गते बिहिवार
प्रतिक्रिया