बलात्कार प्रयासको आरोपमा एक जना पक्राउ

तुलसीपुर, ३१ असार

बलात्कार प्रयासको आरोपमा  पश्चिम दाङको शान्तिनगरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–५ रजघटुवा निबासी ४१ बर्षका लालबहादुर विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

१५ बर्षकी किशोरीलाई बलात्कारको प्रयास गरेको उजुरी आएपछि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । युवकलाई जबरजस्ती करणी उद्योगमा मुद्दा चलाएको प्रहरी निरीक्षक डम्बरपालले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असार ३१ गते बुधवार
प्रतिक्रिया