सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा नवजात शिशुसहित ११ जना घाईते

तुलसीपुर, ३० असार

सुत्केरी बोकेको एम्बुलेन्स पश्चिम दाङमा दुर्घटना हुँदा एक दिनको नवजात शिशु सहित ११ जना घाईते भएका छन् । सुत्केरी लिएर नेपालगंजबाट पश्चिम दाङको हंसपुर जाँदै गरेको भे१च १५९९ नम्बरको एम्बुलेन्स तुलसीपुर हापुरे – सुर्खेत सडक खण्डको कुमालगडीमा दुर्घटना हुँदा उनिहरु घाइते भएका हुन् ।

घाईते हुनेमा बबई गाउँपालिका–३ हंसपुर निबासी एक दिनकी सुत्केरी १८ बर्षकी लक्ष्मी विश्वकर्मा र उनको नवजात शिशु, त्यसैगरी सोही ठाउँ निबासी २३ बर्षकी शुष्मा विक उनको १ बर्षकी छोरी रोशनी विक, २४ बर्षका खिमबहादुर विश्वकर्मा, उनकी दुई बर्षकी छोरी सृष्टी विश्वकर्मा, २५ बर्षकी गिता विक, उनको २ बर्षका छोरा मिलन विक, बाँकेको कोहलपुर नगरपालिका–८ मनिकापुर निबासी २६ बर्षकी नन्जिता विक र उनका ३ बर्षका छोरा संगम विक र चालक राप्ती सोनारी गाउँपालिका–४ बैजापुर निबासी २७ बर्षका हिमबहादुर जैसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिब बहादुर सिहले जानकारी दिए ।  कुमालगडीको घुम्तीमा एम्बुलेन्सको स्टेरीङ फेल हुँदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असार ३० गते मङ्गलवार
प्रतिक्रिया