लाखौ रुपैयाँ चन्दा मागेको आरोपमा दाङमा २ जना पक्राउ

तुलसीपुर, ३० असार

विप्लव समूहको नामबाट सर्वसाधारण नागरिकसंग लाखौं रुपैयाँ चन्दा मागेको आरोपमा पश्चिम दाङबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका–५ सिमगैरा निबासी २८ बर्षका भाष्कर वली र १९ बर्षका केवल वली रहेको प्रहरीले जानकारी दिएको छ ।

पिडितले दिएको जानकारी अनुसार अनुसन्धान सुरु गरेको प्रहरीले हिजो राती र आज बिहान कल डिटेलका आधारमा पक्राउ गरेको हो । उनिहरुले पटक पटक फोन गरेर लाखौ रुपैयाँ नदिए तड्पाई तड्पाई मार्ने भन्दै  धम्काउने गरिएको बुझीएको छ ।  प्रहरीले उनिहरुको साथबाट चन्दा माग्न प्रयोग गरिएको सिम र मोबाईल समेत बरामद गरेको छ ।

पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको पक्राउ परेका आफन्तले जानकारी दिएका छन् । प्रहरीले अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिए पनि सोधपुछ पछि ३ जनलाई छाडेको छ । यता ईलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाका विषयमा कुनै जानकारी दिन चाहेन ।

आफुहरु अनुसन्धानमै रहेकाले अनुसन्धानमा बाधा पुग्ने गरि भन्न नमिल्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका इन्चार्ज तथा डिएसपी शिव बहादुर सिहले बताए । कुनै घटनाको जानकारी आएमा सोधपुछका लागि मान्छे ल्याउने र छोड्ने कुरा प्रहरीको नियमित प्रकृया भएको भन्दै अहिले नै नाम भन्दा अलि हतार हुने बताए ।  यता विप्वल समुहको नेपाल कम्युनिष्ट पार्टीले व्यपारीसंग चन्दा माग्ने व्यक्ति आफना कार्यकर्ता नभएको बताएको छ ।

प्रकाशित मिति : २०७७ असार ३० गते मङ्गलवार
प्रतिक्रिया