मास्क लगाउने की एक सय रुपैया तिर्ने

तुलसीपुर, ३० असार ।

आगामी साउन १ गते देखी तुलसीपुर क्षेत्रमा मास्क नलगाएर घर बाहिर हिड्नेलाई एक सय रुपैया जरिवाना गरिने भएको छ । कोरोना भाईरस संक्रमणबाट जोगिन नागरिकले अनिवार्य मास्क लगाउन भनिएको छ । यदि मास्क बिना घर बाहिर निस्कने जो सुकै पनि प्रहरीले अव देखी कारवाही गर्ने भएको छ । नागरिकलाई मास्क लगाउने बानी पार्नका लागि तुलसीपुर उपमहानगरपालिकाले यस्तो नियमलाई कडाइका साथ लागु गर्न थालेको जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको मंगलवार तुलसीपुरमा बसेको वैठकमा यस्तो निर्णय गरिएको हो । जसले अटेर गरी घर बाहिर मास्क नलगाएर हिड्छ त्यस्ता व्यक्तिलाई एक सय रुपैया जरिवाना गरेर मास्क दिइने नगरप्रमुख घनश्याम पाण्डेले बताए । उनले लकडाउन खुकुलो पारेसँगै बजारमा भिडभाड बढेको र मास्क नलगाउँदा संक्रमण फैलन सक्ने कुरालाई मध्यनजर गरेर यस्तो निर्णय गरिएको वताए ।जरिवानाबाट संकलन भएकोे रकमलाई उपमहानगरपालिकाको कोरोना विपद् कोषमा जम्मा गरिने छ ।

प्रकाशित मिति : २०७७ असार ३० गते मङ्गलवार
प्रतिक्रिया