सल्यान प्रहरीद्धारा तिन दिनमा ३० हजार बढि राजस्व संकलन

दाङ, २९ असार ।

सल्यान प्रहरीले सोमवार पनि मास्क नलगाएर हिडेका मानिसलाई कारवाही गरेको छ । कोरोना भाईरसको जोखिम बढिरहेको समयमा मास्क बिना घर बाहिर हिड्नेलाई जनही एक सय रुपैयाका दरले प्रहरीले जरिवाना गदै आएको छ ।
गएको शनिवार देखी कारवाही सुरु गरेको प्रहरीले सोमवार मात्रै दश हजार राजस्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्लाको श्रीनगर बजारबाट २० जना, लुहाम बजारबाट २० जना, कपुरकोट बजारबाट १० जना ,खलंगा बजारबाट ४१ जना , लान्ति बजारबाट ११ जना गरी जम्मा १०२ जनालाई कारवाही गर्दा १० हजार २ सय रुपैया राजस्व संकलन भएको प्रहरीले बताएको छ । यस अघि शनिवार ६७ जनालाई कारवाही गर्दा ६ हजार ७ सय रुपैया र आईतवार १३७ जनालाई कारवाही गर्दा १३ हजार ३ सय गरी जम्मा ३०६ जनालाई कारवाही गर्दा ३० हजार ६ सय रुपैया राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असार २९ गते सोमवार
प्रतिक्रिया