तुलसीपुरका ७ का वडा अध्यक्ष केसी भोली देखी काममा फर्किने

तुलसीपुर, २९ असार ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष टोपवहादुर केसीको दोस्रो चरणको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको स्वाव संकलन गरी बाँकेको भेरी अस्पताल नेपालगञ्ज परिक्षणका लागी पठाईएको थियो । सोमवार भएको स्वाब परीक्षणका क्रममा उनको रिपोर्ट नेगेटिभ आएको कोभिड १९ तुलसीपुरका फोकल पर्सन विमल केसीले जानकारी दिएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गत असार १६ गते कोरोना परिक्षण गर्दा वडाध्यक्ष केसी सहित तुलसीपुरका ६ जनाको नतिजा पोजेटिभ आएको थियो । वडा अध्यक्ष केसी १४ दिन सम्म होम आईसोलेशनमा बस्दै आएका थिए । दुई हप्ता सम्म उनीमा कोरोनाको कुनै लक्षण देखीएन । उनको पछिल्लो रिपोट नेगेटिभ आएसंगै सम्भव त वडा अध्यक्ष केसी भोली (मंगलवार) देखी काममा फर्किने बताईएको छ ।

प्रकाशित मिति : २०७७ असार २९ गते सोमवार
प्रतिक्रिया