दंगीशरणमा १ सय १८ जनामा सिकलसेल देखीयो

दिप्तीशिखा चौधरी,

Advertisement

दंगीशरण २९ असार ।
दंगीशरण गाउँपालिकाका दुई वडामा आईतबार गरिएको परिक्षणमा ४० जनामा सिकसेल पोेजेटिभ देखिएको छ । गाउँपालिकाको वडा नम्वर ४ र ५ मा गरी २४१ जनामा गरिएको परिक्षणमा ४० जनामा सिकलसेल पोजेटिभ देखिएको श्रीगाउँ स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट दोर्ण वलीले जानकारी दिए । यो संगै दंगीशरणमा सिकलसेल पोजेटिभ हुनेको संख्या १ सय १८ पुगेको छ ।

Advertisement

गाउँपालिकामा शनिवार र आईतवार गरी ७ सय १५ जना थारु समुदायका नागरिकले स्वास्थ्य परिक्षण गरेका थिए । शनिवार गरिएको परिक्षणमा ७८ जनामा सिकलसेन देखा परेको थियो । सोमवारदंगीशरणको १ र २ नम्वर वडामा शिवीर संचालन गरिनेछ । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत थारु समुदायको स्वास्थ्य परिक्षणलाई प्राथमिकता दिदै सिकलसेल एनीमिया स्वास्थ्य शिवीर संचालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *