गहतेखोलामा मोटरसाईकल दुर्घटना हुँदा ४ जना घाइेत

मोटरसाईकलमा सवार घाइेत भएका बालक

तुलसीपुर, २८ असार

तुलसीपुरको गहतेखोलामा मोटरसाईकल ठोक्कीदा २ जना घाइेत भएका छन् ।

तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा५प १६५८ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको रा३प५४५२ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्कीदा शान्तिनगर –४ जुमलेकुला निबासी १९ बर्षका मोटरसाईकल चालक गोपाल खत्री र पछाडी सवार २३ बर्षकी आरती केसी, त्यसैगरी अर्का मोटरसाईकल चालक शान्तिनगर –३ बाघमारे निबासी १९ बर्षका विश्वास रोका र पछाडी सवार सिमसुन्दरपुर निबासी १० बर्षका बालक रोहित वली घाईते भएका हुन् ।उनिहरु सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ असार २८ गते आइतवार
प्रतिक्रिया