मास्क नलगाएकाबाट प्रहरीले १३ हजार बढि राजस्व उठायो

दाङ, २८ असार ।

जिल्ला प्रहरी कार्यालय सल्यानले मास्क नलगाएको भन्दै जिल्लाका विभिन्न स्थानमा नागरिकलाई कारवाही गरेको छ । मास्क लगाउन आग्रह गरेपनि वेवास्ता गरेको भनदै प्रति नागरिक एक सय रुपैयाका दरले कारवाही स्वरुप जरिवाना अशुल गरेको प्रहरीले बताएको छ । आईतवार जिल्लाका १३७ जनालाई कारवाही गर्दा १३ हजार ७ सय रुपैया राजस्व संकलन भएको जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन् ।

उनका अनुसार श्रीनगर बजारमा ४० जनालाई कारवाही गर्दा ४ हजार , थारमारे बजारमा ३८ जनालाई कारवाही गर्दा ३ हजार ८ सय, लुहाम बजारमा १५ जनालाई कारवाही गर्दा १ हजार ५ सय, कपुरकोट बजारमा २० जनालाई कारवाही गर्दा २ हजार , खलंगा बजारमा २४ जनालाई कारवाही गर्दा २ हजार ४ सय रुपैया राजस्व संकलन भएको छ । कोरोना संक्रमणबाट बच्नका लागी स्थानिय प्रहरीले नागरिकलाई मास्क अनिवार्य लगाउन आग्रह गरेको छ । तर वेवास्ता गरेको भन्दै एक सय रुपैयाका कारण कारवाही गर्न थालेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असार २८ गते आइतवार
प्रतिक्रिया