गाँजा सेवन गरेको आरोपमा ७ जना युवा पक्राउ

तुलसीपुर, २८ असार

गाँजा  सेवन गरेको आरोपमा तुलसीपुरको तल्लो ग्वारखोला नजिकैबाट ७ जनलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर –८ अश्वारा निबासी १६ बर्षका राकेश खत्री, १६ का आशिष राना, १८ का प्रेम डाँगी, १९ का टिकाराम कवर, १६ गणेस विक र १८ बर्षका तिर्शाला थपा रहेको प्रहरीले बताएको छ ।

पछिल्लो समय लागु औषध सेवन तथा ओसार पसार र विक्रिवितरणमा निगरानी बढाएको प्रहरीले कुलतमा लागेका युवालाई नियन्त्रणमा लिएर सम्झाई बुझाई गरेर छोड्ने गरेको छ ।

 

प्रकाशित मिति : २०७७ असार २८ गते आइतवार
प्रतिक्रिया