बेलझुण्डीबाट दुई जना सेना सहित ३२ जनालाई डिस्चार्ज गरियो

तुलसीपुर, २८ असार ।

कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आईतवार ३२ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । कोरोना संक्रमण पछि अस्पताल भर्ना भएका उनीहरु उपचार पछि निको भएपछि आईतवार घर पठाईएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिएका छन् । अस्पतालमा भई १४ दिन पुरा गरेकालाई डिस्चार्ज गरिएको छ । जसमा दुई जना नेपाली सेना सहित ३२ जनालाई घर पठाईएको हो ।

व्यवस्थापक वलीका अनुसार रिपु मदनगण घोराहीमा कार्यरत उदयपुर र ईलामका एक\एक जना नेपाली सेना, तुलसीपुरका ८ जना, बबईका १० जना, बंगलाचुलीका ७ जना, शान्तीनगरका ३ जना र दंगीशरणका २ जना संक्रमित उपचार पछि निको भएका हुन् । अस्पतालमा रहेका ४७ जना संक्रमित मध्ये ३२ जनाको डिस्चार्ज भएसंगै बाँकी १५ जना रहेको व्यवस्थापक वलीले जानकारी दिएका छन् । संक्रमित मध्ये अधिकांस भारत सहित अन्य मुलुकबाट आएर क्वारेन्टाईनमा बसेका हुन् भने दुई जना नेपाली सेना कोरोना संक्रमितहरुको उद्धार तथा व्यवस्थापनमा खटिएका रहेको जनाईएको छ । बेलझुण्डीबाट यस अघि शनिवार ८ जनालाई डिस्चार्ज गरिएको थियो ।

प्रकाशित मिति : २०७७ असार २८ गते आइतवार
प्रतिक्रिया