एकाविहानै करेन्ट लागेर बेलुवामा एक युवकको मृत्यु

तुलसीपुर, २८ असार ।

तुलसीपुर ९ बेलुवा स्थित दाजुभाई चोक नजिक एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । सोहि ठाउँका अर्जुन खड्काको घरमा पानी तान्ने मटर जोड्ने क्रममा अचानक करेन्ट लागेर सल्यान कपुरकोट गाउँपालिका वडा नम्वर ५ रिम बस्ने २६ बर्षिय कमल खत्रीको मृत्यु भएको प्रहरीले बताएको छ । आईतवार विहान सवा पाँच बजे करेन्ट लागेर गम्भिर घाइते भएका खत्रीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घरधनी खड्काको घरमा आईतवार घर प्रतिष्ठा हुन लागेको बुझिएको छ ।

सोहि क्रममा घरको छतमा पानी तान्ने मटर जडानका लागी ती युवकलाई बोलाईएको बताईएको छ । उनको करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । घटना स्थलमा पानी मटर जडान गर्नका तारहरु भेटिएको प्रहरीले बताएको छ । स्थानियका अनुसार ती युवकको घटनास्थलमै मृत्यु भएको हो । उनी एक्लै छतमा पानी तान्ने मटर जडान गर्दा करेन्ट लागेर बेहोस भएको केहि समय पछि मात्रै अन्य मानिसले थाहा पाएको स्थानियको भनाई छ ।

प्रकाशित मिति : २०७७ असार २८ गते आइतवार
प्रतिक्रिया