म्याग्दीमा पहिरो : मृत्यु हुनेको संख्या २७ पुग्यो(नाम सहित )

फाईल फोटो

काठमाडौ, २८ असार ।

म्याग्दीमा शुक्रबार परेको वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । चार जना अझै बेपत्ता छन् भने १२ जना घाइते भएका छन । उनीहरुको बेनी, पोखरा र काठमाडौंको अस्पतालमा उपचार भइरहेको छ ।पहिरोले धवलागिरी गाउँपालिकाको मराङ, कल्लेरी, राम्चे र रिखामा ठुलो धनजनको क्षती गरेको छ । यस्तै मालिका गाउँपालिकाको बिमा, दुले र नुरवाङमा धेरै क्षति पुर्‍याएको छ ।जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार धवलागिरी गाउँपालिकामा मात्र १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धवलागिरी ६ मराङका तुबहालुर क्षेत्री, सुकना लामागादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कलला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली छन् ।

यस्तै १८ वर्षका प्रकाश केसी, अन्दाजी ३३ वर्षकी हिरा मति जुग्जाली, ७ वर्षकी करिश्मा, ५ वर्षकी कञ्चन, ५५ वर्षकी गौशरा, २० वर्षकी दिमा, उनकी छोरी ४ वर्षकी दिप्ती र एक वर्षका छोरा दिवान जुग्जाली रहेका छन् ।प्रहरीका अनुसार धवलागिरी(६, कल्लेरीका ५१ वर्षीया जमिना केसी र १६ वर्षा सविन पुन बेपत्ता छन् ।बेपत्ता भनिएका मराङ रिखाका अन्दाजी ४० वर्षका धनबहादुर जुग्जाली, १५ वर्षकी रितु कुमारी र ५ वर्षका अर्जुन जुग्जाली भने सम्पर्कमा आएको प्रहरीले बताएको छ ।
यस्तै मालिका गाउँपालिकामा पहिरोमा परेर ८ जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार मालिका ७ विमका ४० वर्षका विष्णु पौडेल, ४ वर्षकी इच्छा पौडेलको मृत्यु भएको छ । यस्तै गौदेवी नेपाली, विशेष नेपाली, विष्णु नेपाली , सन्दीप नेपाली, वीरबहादुर नेपाली र उनका तीन महिनाकी छोरी निशाको मृत्यु भएको छ ।यस्तै रघुगंगा गाउँपालिका(६ ठाडाखानीका अन्दाजी ५० वर्षका नलिमान छन्त्यालको पनि शव भेटिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असार २८ गते आइतवार
प्रतिक्रिया