रामजानकारी मन्दिरलाई मुल गेट सहयोग

शिवु खनाल
कोइलावास, २७ असार / दाङ–कोइलावास नाकामा रहेको रामजानकारी मन्दिरलाई मुल गेट सहयोग गरिएको छ । नेपालको जनकपुर धाम पछिको दोस्रो ठूलो दाङको सिमाक्षेत्र कोइलावास नाकामा रहेको रामजानकी मन्दिरलाई कालीका कुमार जेभि, लमही कोइलावास सडक निर्माणका इञ्चार्ज राजेन्द्र श्रेष्ठले मुल गेट सहयोग गर्नु भएको हो । शनिवार श्रेष्ठले ६५ हजार मुल्य बराबरको मुल गेट राम जानकी मन्दिरलाई हस्तान्तरण गरेका हुन् ।
जिर्ण बन्दै गएको रामजानकी मन्दिरको सौन्दर्यीकरणको लागि निशुल्क रुपमा मुल गेट हस्तान्तरण गरेको श्रेष्ठको भनाइ छ । उनले भने –। ‘दाङमा बसाइँ सकिएपछि सिमा क्षेत्रमा रहेको आफ्नो नेपालको दोस्रो ठुलो मन्दिरलाई केही सहयोग भन्ने उदेश्यले रामजानकी मन्दिरलाई मुल गेट हस्तान्तरण गरेको हुँ ।’
नेपालको पहिलो ठूलो महत्त्व बोकेको जनकपुरधाम मन्दिर पछिको दोस्रो ठूलो महत्त्व बोकेको दाङको गढवा गाउँपालिका वडा नम्बर ८ कोइलावास स्थित रामजानकी मन्दिर पछिल्लो सयम यता जिर्ण बन्दै गएको छ । मन्दिरको संरक्षण तर्फ कुनै स्थानीय निकायको ध्यान नजादा मन्दिर जिर्ण बन्दै गएको स्थानिय हरी पुनले गुनासो गरे ।

जनकपुर धाम पछिको दोस्रो ठुलो रामजानकी मन्दिरको वि.स १८८५ मा कोईलावासमा स्थापना भएको हो । पहिला देखि खाइपाइ आएका पुजारीको नान्हकप्रसाद शुक्ला तलव प्रति महिना ३ सय ५० रुपैँया रहेको छ । भविश्यमा कोइलावास बजार चहलपहल होला, र मन्दिरको आय स्रोत बढ्ला भन्ने आसाले पुरानै तलवमा पुजारी मन्दिरमा बसेका छन् ।।

प्रकाशित मिति : २०७७ असार २७ गते शनिवार
प्रतिक्रिया