जिल्लामा मास्क नलगाए १०० जरिवाना,६७ जनाबाट ६ हजार बढि रकम अशुल

दाङ, २७ असार ।

Advertisement

सल्यान प्रहरीले मास्क नलगाई घर बाहिर निस्किएका नागरिकलाई कारवाही गर्न थालेको छ । जिल्लामा कोरोना संक्रमणबाट बच्नका लागी अनिवार्य मास्क लगाउनु पर्ने सुचना प्रवाह गरेपनि नागरिकले वेवास्ता गरेपछि प्रहरी कारवाही गर्न थालेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । नागरिकलाई मास्क लगाउन अपिल गरेपनि सुचनाको वेवास्ता गर्ने नागरिकलाई एक सय रुपैया जरिवाना गरिएको डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन् । जिल्ला प्रशासनले तोकेको जरिवाना अनुसार जिल्लाका विभिन्न स्थानमा बास्क बिनै बजार हिडेका ६७ जना नागरिकलाई कारवाही गर्दा ६ हजार ७ सय रुपैया राजस्व संकलन भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार श्रीनगर बजारबाट ३४ , थारमारे बजार,लुहाम बजार १६ जना र कपुरकोट बजार ४ जनालाई कारवाही गरिएको हो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *