सल्यानका दश वटै पालिकामा कोरोना देखीयो

दाङ, २७ असार ।

सल्यानका दश वटै स्थानिय तहमा देखियो कोरोना सल्यानको दश वटै स्थानिय तहमा कोरोना संक्रमित भेटिएका छन् । जिल्लाको छत्रेश्वरी गाउपालिकाका एक जना पुरुषमा कोरोना पुष्टी भएसँगै जिल्लाका दश वटै स्थानिय तहमा कोरोना संक्रमित भेटिएका हुन् । यसअघि जिल्लाका नौँ वटा स्थानिय तहमा कोरोना संक्रमित भेटिएका थिए ।
कर्णाली प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रगोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नम्बर ६ का २२ बर्षिय पुरुषमा कोरोना पुष्टी भएको हो । मलेसियाबाट फर्किएका उनको पिसिआर परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असार २७ गते शनिवार
प्रतिक्रिया