नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो

काठमाडौ, २७ असार ।

नेपालमा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ ।वितेको २४ घण्टाको अवधीमा काठमाडौं महानरपालिका १० का ६० वर्षका पुरुष, गोकर्णेश्वर ४ का ४५ बर्षका पुरुष र सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षका पुरुषको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार गरेको नियमित जानकारीका क्रममा उनीहरुको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यो संगै नेपालमा कोरोना भाईरस संक्रमणकै कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ३ हजार ६ सय ४८ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २८ जिल्लामा संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ३१ जना डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको संख्या ८ हजार ४४२ पुगेको छ ।

प्रकाशित मिति : २०७७ असार २७ गते शनिवार
प्रतिक्रिया