विपद बारे पुर्व तयारी गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ, २७ असार ।

प्रधाननमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोको समस्या अझै दुई महिनासम्म रहने सक्ने भएकाले पूर्व तयारी गर्न निर्देशन दिएका छन् । विपत व्यवस्थापन परिषद्को शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले राहत तथा उद्दार सामाग्रीहरु जिल्ला र स्थानीय तहसम्म लगेर राख्न पनि भनेका छन् ।यसका लागि जिल्ला र स्थानीय तहमा राहत तथा उद्दार सामाग्री लगेर राख्न र यतासक्य छिटो पु¥याउन निर्देशन दिएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताएका छन् ।

उद्दार तथा राहतका लागि पूर्व तयारी भएपनि कहिले काही समस्या आउने गरेको उनले बताए । शुक्रबार म्याग्दीमा मौसमका कारण तुरुन्त हेलिकप्टर पठाउन नसकिएको भन्दै उनले बैठकमा यस्तो बेला प्रविधि प्रयोग गर्नेबारे छलफल भएको बताएका छन् । बाढी तथा पहिरोबाट विस्थापितहरुलाई उद्दार गरेर सार्वजनिक भवन र विद्यालयहरुमा नै राखिने भएको छ ।

प्रकाशित मिति : २०७७ असार २७ गते शनिवार
प्रतिक्रिया