आज पनि देशका विभिन्न स्थानमा भारी बर्षा हुने

काठमाडौ, २७ असार ।

आज (शनिवार)पनि देशका विभिन्न ठाउँमा भारी बर्षा हुने सम्भावना रहेको छ । मौसम विदहरुका अनुसार प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा अहिले ठूलो पानी परिरहेको छ ।त्यस्तै कर्णाली प्रदेशको केही ठाउँ र प्रदेश १ र २ को तराई भूभागमा पनि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज प्रदेश ५ को पश्चिम राप्तीमा ठूलो पानी परेसँगै बाढी आउने सम्भावना रहेकोले सतर्क रहन महाशाखाका मौसमविद निराजन सापकोटाले आग्रह गरे । यस्तै वाग्मती नदीमा पनि पानीको सतह बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो पनि देशका केही भुभागमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ । आज कर्णाली प्रदेश र प्रदेश १ का केही ठाउँमा चट्याङ पर्ने सम्भावना रहेकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

मनसुन पश्चिमी भेगमा भोलिसम्म र मध्य तथा पूर्वी क्षेत्रमा भने अझै ३ देखि ४ दिनसम्म सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।भारी वर्षा हुने ठाउँमा बाढी पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७७ असार २७ गते शनिवार
प्रतिक्रिया