सल्लेबाट दश जना जुवाडे पक्राउ

दाङ, २६ असार ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले दश जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ । मुसिकोट नगरपालिका १ सल्ले स्थित केशव सुनारको घरमा जुवा खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई राती एघार बजेतिर पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट जुवा खेल्ने सामग्री र नगद ४६ हजार १ सय ४० रुपैया बरामद गरेको प्रहरीले बताएको छ । उनीहरु विरुद्ध जुवा कसुर अन्तर्गत मुद्दा दर्ता गरी आबश्यक अनुसन्धान भईरहेको प्रहरी प्रमुख ठग बहादुर केसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ असार २६ गते शुक्रवार
प्रतिक्रिया