साउन देखी तुलसीपुरमा बालबालिकालाई रोटा विरुद्धको खोप दिईने

लक्ष्मण विश्वकर्मा,

तुलसीपुर २६ असार ।

आगामी साउन महिना देखी तुलसीपुरमा बालबालिकालाई रोटा विरुद्धको खोप सेवा दिईने भएको छ । झाडापखलाको संक्रमणबाट बच्नका लागी खोप दिन लागीएको हो । रोटा झाडापखलाको एक भाईरस हो । तुलसीपुर पमहानगरपालिका जनस्वास्थ्य निरीक्षक बिमल केसीका अनुसार छ हप्ता पुगेका बालबालिकालाई दिईने नियमित खोप अन्र्तगत रोटा विरुद्धको खोप दिन लागीएको हो ।

रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागी बालबालिकालाई दिईने विभिन्न खोप अन्र्तगत छ हप्ता र दश हप्ता पुगेका बालबालिकालाई यस पटक यो खोप पनि दिन लागीएको हो । त्यसका लागी आबश्यक तयारी थालिएको निरीक्षक केसीले बताएका छन् । पहिलो चरणमा नगरका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई तालिम दिईएको छ । साथै नियमित खोप कार्यक्रममा सहभागी भएका खोपकार्यकर्तालाई पनि प्रशिक्षण दिएर परिचालन गरिने छ ।

बालबालिकाहरुलाई नियमित खोप लगाउन आएको समयमा रोटा विरुद्धको खोप पनि दिईने छ । नियमित रुपमा खोप दिदै आएका सरकारी स्वास्थ्य संस्था र केहि निजि अस्पतालबाट पनि खोप दिईने केसीले बताएका छन् । यो खोप दाङ सहित देशभर लगाईने छ । झाडापखला संक्रमणको भाईरस रोटा भएकाले यस विरुद्धको सरकारले देशव्यापी रुपमा खोप दिन लागेको हो ।

प्रकाशित मिति : २०७७ असार २६ गते शुक्रवार
प्रतिक्रिया