प्रहरी महानिरीक्षकमा नियुक्त थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौ, २५ असार ।
प्रहरी महानिरीक्षकमा नियुक्त शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन् । गृहमन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।थापा मंगलबार नेपाल प्रहरीको २८ औँ प्रहरी महानिरीक्षक (आइजिपी) मा नियुक्त भएका थिए । सरकारले वरिष्ठताका आधारमा थापालाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

आइजिपी ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवा हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जाने भएपछि सरकारले थापालाई वरिष्ठताका आधारमा गत मंगलवार प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।२०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापा अब भने २०७९ वैशाख १८ गतेसम्म प्रहरीको नेतृत्व सम्हाल्ने छन् ।

प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार
प्रतिक्रिया