देशका विभिन्न स्थानमा भारी बर्षा हुने,सर्तक रहन आग्रह

काठमाडौ, २५ असार ।

देशभरका विभिन्न स्थानमा भारी बर्षा हुने भएको छ । अबको चार दिनसम्म ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ ।मन्त्रालय अन्र्तगत अन्तरािष्टय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको हो ।

प्राधिकरणका अनुसार बिहिवारदेखि आइतबारसम्म प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको छ ।पहाडी क्षेत्रमा साना खोला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ । कतिपय ठाउँमा पहिरो पनि जान सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार
प्रतिक्रिया