सुटिङको तयारीमा सलमान, अक्षय र अजय

मुम्बई । लकडाउन खुकुलो हुनासाथ बलिउडमा चलहपहल सुरु भएको छ । यसै क्रममा अभिनेता सलमान खानले अब फिल्मको छायांकनमा फर्कनुपर्छ भन्दै आफ्नो टिमलाई छायांनको तयारी गर्न निर्देशन दिएका छन् ।

Advertisement

सलमानको नयाँ फिल्म राधे गत इदामा रिलिजको तयारी गरिएको थियो । तर, भारतमा कोरोनाको महामारी फैलिएसँगै तीन महिना लकडाउन भएपछि यो फिल्म रिलिज हुन सकेन । फिल्मको अझै केही छायांकन बाँकी छ । सो छायाँकन यही अगष्ट महिनामा सकेर आफू नयाँ प्रोजेक्टमा व्यस्त हुन सलमानले बताएपछि उनको फिल्म राधेको छायांकन तयारीमा निर्माण पक्ष जुटेको हो । यो फिल्मको सुटिङ अब बैंककमा नगरेर मुम्बईमै गरिने भएको छ । जसका लागि स्टुडियो बुक गरेर सेट बनाउने काम थालिएको निर्माण पक्षले जनाएको छ ।

Advertisement

Advertisement

यस्तै गत साता त्यहाँको स्वास्थ्य मन्त्रालयका विज्ञापन गरेका अभिनेता अक्षय कुमारले पनि नयाँ फिल्म बेल बटमको काम थाल्ने बताएका छन् । यो फिल्मको सुटिङ अगष्टबाट सुरु गर्ने भन्दै उनले यसको तयारी पनि थालेका छन् । फिल्मको युनिट बेल बटम छायांकनका लागि पूरा युनिट नै बेलायत जाने भएको छ ।

यस्तै अजय देवगनले पनि आफ्नो फिल्म भुजको छायांकन चाँडै नै सुरु गर्ने भएका छन् । यो फिल्मको पनि अहिले सेटको निर्माण भइरहेको छ । यो फिल्मको द्वन्द्व निर्देशनको जिम्मा समेत लिएका अजय देवगन अहिले फिटनेस अभ्यासमा छन् । यसै महिनाको अन्तिमबाट आफूले छायांकन सुरु गर्ने उनले बताएका छन् ।

बलिउडका यी तीन स्टारमात्र होइन, अरू धेरै कलाकारले आफ्नो फिल्मको छायांकन तयारी गर्दै छन् । धेरैले यसै महिनाबाट फिल्मको छायांकन सुरु गर्ने भएका छन् । जसका लागि अहिले बलिउडमा धेरैजसो फिल्मको सुटिङ सेट निर्माण थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *