संक्रमित सं‌ख्या १६ हजार ४२३ पुग्यो

काठमाडौँ । नेपालमा थप २५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २५५ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै सङ्क्रमितको सङ्ख्या १६ हजार ४२३ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म ७ हजार ७५२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ

प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार
प्रतिक्रिया