बाणिज्य महासंघको केन्द्रिय सदस्यमा दाङबाट रिजालको उम्मेदवारी

दाङ, २४ असार ।
निजी क्षेत्र उद्योग व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । चैत अन्तिम साता हुनुपर्ने चुनाव कोरोना महामारीका कारण आगामी साउन २५ र २६ गतेका हुने भएको छ । नयाँ मिति तय भएसँगै यतिबेला आकांक्षीहरूले दौडधुप तीव्र बनाएका छन् । विधान अनुसार महासंघको आगामी नेतृत्व शेखर गोल्छाले गर्ने पहिल्यै तय छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था विधानमा भएकाले उनको नेतृत्व निश्चित रहेको हो ।

अबको मुख्य प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षमा केन्द्रित हुने छ ।वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षद्वय चन्द्र प्रासाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिँदैछन् । उनीहरूले औपचारिक रुपमै उम्मेद्वारी घोषणा गरेर यतिबेला भेटघाटलाई तीव्रता दिएका छन् । आफ्नो पक्षमा माहोल बनाउन उनीहरू दुवै यतिबेला सक्रिय छन् ।
केन्द्रिय सदस्यमा दाङबाट रिजालको उम्मेदवारि दर्ता
तुलसिपुर उद्योग बाणिज्य सघंका निवर्तमान अध्यक्ष बिमल रिजालले केन्द्रिय सदस्यमा आफनो उम्मेदवारि घोषणा गरेर चुनाबि अभियानलाई पुनःतिब्रता दिने तयारिमा लागेका छन् । तुलसिपुर उद्योग बाणिज्य सघं लगायत देशभरिका निजि क्षेत्रले स्थानिय सरकार संग मिलेर कोरोना नियन्त्रण अभियानमा महत्वपुर्ण भुमिका खेलि रहेको भन्दै केन्द्रिय सदस्य पदका उम्मेदवार बिमल रिजालले अझैपनि निजि क्षेत्रको
भुमिका महत्वपुर्ण रहेको बताए । साथै भबिष्यमा आईपर्ने हरेक गतिबिधिहरु सगं जुधेर सामना गर्न आफुहरु
निरन्तर लागि पर्ने रिजालले बताए । मगंलबार तुलसिपुर उउद्योग बाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा बसेको आकस्मिक बैठकले पुन महासघको केन्द्रिय सदस्यमा पुर्ब अध्यक्ष बिमल रिजालको नाम सर्ब सम्मत पारित गर्दै महासघको कार्यकारिणि समितीको सदस्य पदमा उम्मेदवारि दर्ता गराएको छ ।देशभरका जिल्लाहरुबाट उत्साहजनक समर्थन पाएका केन्द्रिय सदस्य पदका उम्मेदवार रिजालले समाजमा गरेको योगदान र तुलसिपुर उधोग बाणिज्य सघको नेतृत्वमा रहदा ल्याएका लोकप्रिय कार्यक्रमहरु,सरसफाई अभियानको मोडेल,बन्द भएको दाङ एयरपोर्ट सन्चालन देखि सभाहल निर्माणका प्रक्रियाहरु
उदाहरणिय काम गरेको चर्चा गरिएको छ ।

प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार
प्रतिक्रिया