तुलसीपुर न्यायिक समितिद्धारा प्रतिवेदन प्रस्तुत , अढाई सय बढि मुद्धा दर्ता

लक्ष्मण विश्वकर्मा,

तुलसीपुर २४ असार ।

तुलसीपुर उपमहानगरपालिकामा न्यायिक समिति २०७४ माघ १७ गते गठन भयो । स्थानिय सरकार संन्चालन ऐन २०७४ अनुसार गठित न्यायिक समितिमा हाल सम्म अढाई सय भन्दा बढि मुद्धा दर्ता भएका छन् । न्यायिक समितिका संयोजक माया आचार्यले ती मध्ये धेरै जसो मिलापत्र गरेर मुद्धा फच्यौट भईसकेको बताएकी छन् ।उपमहानगरपालिकाकी उपप्रमुख समेत रहनु भएकी संयोजक आचार्यले बुधवार तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा समितिको स्थापनाकाल देखी हाल सम्म भएको प्रगति प्रतिवेदन प्रस्तुत गदै सवै भन्दा धेरै आर्थिक वर्ष ०७५÷७६मा ११८ वटा मुद्धा दर्ता भएको जानकारी दिएकी छिन् ।

जसमा मिलापत्रबाट ६० वटा र पालिकाको निर्णयबाट ४८ वटा मुद्धा फच्यौट भईसकेका छन् भने सहमति अनुसार दावी छाडेका १० वटा छन् । त्यस्तैगरी आर्थिक वर्ष ०७४÷०७५ मा ६३ वटा मुद्धा दर्ता भएको थियो । जसमा मिलापत्रबाट ३५ र पालिकाको निर्णयबाट २८ वटा मुद्धा फच्यौट भएका छन् । चालु आर्थिक बर्ष २०७६ साउन देखी ०७७ असार २२ गते सम्म न्यायिक समितिमा ८३ वटा मुद्धा दर्ता भएकोमा मिलापत्रबाट ३२ वटा, समितिको ईजलासबाट ११ वटा मुद्धा फच्यौट भएका छन् ।

यस्तै दावी फिर्ता लिएका १ वटा रहेको छ । चालु आर्थिक वर्षमा अझै ३९ वटा मुद्धा फच्यौट हुन बाँकी रहेको संयोजक आचार्यले जानकारी दिएकी छिन् । उनले सवैजसो मुद्धा मिलापत्रबाट निरुपण गदै आएको बताएकी छिन् । समितिमा उजुरी दर्ता भएपछि सोहि अनुसार दुवै पक्षलाई बोलाएर पिडित पक्षलाई उचित न्याय दिने गरेको उनको भनाई छ । निष्पक्ष तरिकाले दुवै पक्षविच छलफल गराई सहज तरिकाले मेलमिलापबाटै मुद्धाको निरुपण गदै आएको उनले बताएकी छिन् । न्यायिक समितिले फौजदारी कसुर बाहेक अन्य सामान्य खालका विवाद तथा उजुरीको निरुपण गदै आएको छ ।

 

प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार
प्रतिक्रिया