तुलसीपुर न्यायिक समितिद्धारा हटलाईन सेवा सुरु

तुलसीपुर, २४ असार ।
तुलसीपुर उपमहानगरपालिका अन्र्तगत न्यायिक समितिले हटलाईन सेवा सुचारु गरेको छ । न्यायिक समितिमा उजुरी दर्ता प्रक्रियालाई छिटो छरितो र प्रभावकारी बनाउनका लागी बुधवार देखी हटनाईन सेवा सन्चालन गरिएको समितिका संयोजक माया आचार्यले जानकारी दिएकी छिन् ।उपमहानगरपालिका क्षेत्र भित्र बसोबास गर्ने जुनसुकै नागरिकलाई कुनै समस्या तथा अन्याय भएमा न्यायिक समितिको टोल फ्रि नम्वर १८६०८२१८००१ मा सम्पर्क गर्न सकिनेछ ।
विशेषगरी यो कोरोना भाईरस (कोभिड १९ )ले गर्दा उत्पन्न भएको लकडाउनको समयमा घर भित्र वा घर बाहिर घरेलु हिंसा वा लैगिंक हिंसाको जोखिम बढ्न सक्ने भन्दै त्यस्ता हिंसा न्युनीकरण गर्न सहज हुने भएकाले हटलाईन सेवा सन्चालनमा ल्याईएको आचार्यले बताएकी छिन् ।

 

प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार
प्रतिक्रिया