कुलोमा डुबेर अश्वारामा एकजनाको मृत्यु

तुलसीपुर, २३ असार

Advertisement

घर नजिकै रहेको कुलोमा डुबेर अश्वारामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–८ अश्वारा निबासी ४८ बर्षका केशव भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

Advertisement

खेतबाट आएर घर नजिकै रहेको लौबस्ताको कुलामा नुहाउन गएका भण्डारीलाई कुलामा घोप्टो अवस्थाम देखेपछि स्थानीयले उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगेका थिए । भण्डारीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रनानि डम्बरपालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *