बाघको छाला र हड्डी सहित एक जना पक्राउ

दाङ, २२ असार ।

बाँकेको राप्तीसोनारी गाउँपालिका १ सिमलघारी बस्ने बर्ष ४६ का नवराज घर्ति मगर बाघको छाला र हड्डी सहित पक्राउ परेका छन् । आफ्नै घरको मकै बारीमा लुकाई राखेको टाटेपाटे बाघको छाला र हड्डी फेला परेको थियो । पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले गोप्य सुचनाको आधारमा खटाएको प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको नेतृत्व र ईलाका प्रहरी कार्यालय कुसुम प्रहरी नायव निरीक्षक लक्ष्मण डांगीको नेतृत्वमा गएको टोलीले मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका मगर र  बाघको छाला र हड्डिलाई ईलाका प्रहरी कार्यालय कुसुममा राखीएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असार २२ गते सोमवार
प्रतिक्रिया