पाँच बर्ष मुनिका बालबालिकालाई भिटामिन ए खुवाउन सुरु

दाङ , २२ असार ।

दाङ सहित देशभर पाँच बर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाका औषधी खुवाउन सुरु गरिएको छ । छ महिना देखी पाँच बर्ष मुनिका बालबालिकालाई सोमवार र मंगलवार गरी दुई दिन सम्म भिटामिन ए र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय कार्यक्रम अन्र्तगत दोस्रो चरणमा सोमवार देखी सुरु गरिएको हो । यता तुलसीपुरमा पनि भिटामिन ए र जुकाको औषधी खुवाउन सुरु गरिएको जनस्वास्थ्य प्रर्वद्धन शाखा कार्यालयले जनाएको छ । पहिलो दिन सम्वन्धित स्वास्थ्य संस्था र विभिन्न स्थानमा बुथ केन्द्रबाट खुवाउन सुरु गरिएको शाखाले जनाएको छ ।तुलसीपुर उपमहानगरपालिका १९ वटा वडामा खुवाउन थालिएको छ ।

प्रकाशित मिति : २०७७ असार २२ गते सोमवार
प्रतिक्रिया