मोटरसाईकलको ठक्करबाट दाङमा साईकलयात्री घाईते

तुलसीपुर, २१ असार/ मोटरसाईकलको ठक्करबाट पश्चिम दाङमा साईकलयात्री घाईते भएका छन् ।

पंचकुलेबाट तुलसीपुर तर्फ आउँदै गरेको रा३प ८१९२ नम्बरको मोटरसाईकलले सोहीदिसाबाट आइरहेको साईकललाई ठक्कर दिदा बबई गाउँपालिका–६ कटकुईयाँ निबासी ४५ बर्षका सर्दे राना घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाईकल र चालकलाई बागर प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : २०७७ असार २१ गते आइतवार
प्रतिक्रिया