पहिरोमा परि दुई बालबालिकाको मृत्यु, आमाको जिवितै उद्धार

दाङ १९ असार ।

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गुल्मीमा दुई बालबालिकाको मृत्यु भएको छ । बिहीबार मध्यराति आएको पहिरोमा परी इस्मा गाउँपालिका १ मल्दीका वसन्त सारुका १८ महिने छोरा सुरज र सोहि वडाको निस्ती ढाँडफाँटकी सात वर्षीया अपिच्छा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
पहिरोमा परेकी बालिकाकी आमा ईश्वरी खत्रीलाई प्रहरी र स्थानीय वासीले शुक्रवार बिहान ६ घण्टापछि जीवितै उद्धार गरेको प्रहरीले बताएको छ । यस्तै पहिरोमा परि होटलमा बास बसेका मुसिकोट नगरपालिका –२ का भागीरथ घिमिरे सम्पर्क विहीन छन् ।आमासँगै भाग्ने क्रममा बेपत्ता बनेकी बालिकाको शव बिहान खोला किनारमा फेला परेको थियो ।पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटल समेत बगाएको छ ।

पहिरामा परी बालिकाका हजुरबुवा ६३ वर्षीय टीकाबहादु र मृतक बालकका आमाबुवासमेत गम्भीर घाइते भएका छन् । गए राति १२ बजे बस्तीदेखि पाँच सय मिटर माथिबाट पहिरो खसेपछि त्यस क्षेत्रका एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित बनेको बताइएको छ ।

 

प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रवार
प्रतिक्रिया