चेम्बरद्धारा कोरोनासंग लड्ने निशुल्क औंषधी बितरण

तुलसीपुर, १९ असार

तुलसीपुर चेम्बर अफ कमर्सले कोरोना रोगसंग जुध्न सक्ने रोगप्रतिरोधात्मक क्षेमता भएको होमोप्याथीक औंषधी निशुल्क वितरण गरेको छ । चेम्बरले एक कार्यक्रमका बिच हिजो देखि बाहिनी चोक नजिकै रहेको कार्यालयबाट बितरण सुरु गरेको चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीले जानकारी दिए ।

अध्यक्ष घर्तीका अनुसार बिहिबार मात्रै २ हजार जनालाई बितरण गरिएको छ ।  मारवाडी सेवा समितिले उत्पादन गरेको होमोप्याथीक औषधीको वितरण कार्य शुक्रबार पनि जारी रहने कोषाध्यक्ष सन्तोष खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रवार
प्रतिक्रिया