स्कुटीले मानपुरमा ठक्कर दिदा चौधरी घाइेते

तुलसीपुर, १९ असार / स्कुटीले ठक्कर दिदा तुलसीपुरमा एक जना घाईते भएका छन् ।

तुलसीपुरबाट रावत गाउँ जाँदै गरेको रा३प ५४२६ नम्बरको स्कुटीले तुलसीपुर–१९ निबासी ५० बर्षका जोगी चौधरीलाई मानपुर रोडमा आज बिहान ठक्कर दिदा घाईते भएको प्रहरी चौधी बिजौरीले जानकारी दिएको छ ।

घाईते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । ठक्कर दिए लगत्तै भागेको स्कुटी सहित चालकलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएका छ ।

प्रकाशित मिति : २०७७ असार १९ गते शुक्रवार
प्रतिक्रिया