दाङमा जंगली च्याउ खादा सात जना विरामी

तुलसीपुर, १८ असार ।

दाङमा जंगली च्याउ खादा सात जना विरामी परेका छन् । प्रहरीका अनुसार राप्ती गाउँपालिका ४ मौरीघाट बस्ने बर्ष ४२ कि दिपा चौधरी जंगली च्याउ खादा विरामी परेकी छिन् । बुधवार जंगलबाट ल्याएको च्याउ खादा उनी विरामी परेको प्रहरीले बताएको छ ।

यस्तै सोहि ठाउँ बस्ने एकै घरपरिवारका छ जना विरामी परेका छन् । विषालु च्याउ खादा ३३ बर्षको राजेन्द्र चौधरी, बर्ष ५० कि अक्कली चौधरी , बर्ष ३२ को भुमा चौधरी ,२२ बर्षिय निराजन चौधरी, ९ बर्षिया बालिका र ११ बर्षिय बालक विरामी परेको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असार १८ गते बिहिवार
प्रतिक्रिया