करेन्ट लागेर तुलसीपुरमा एक जना घाईते

तुलसीपुर, १८ असार

तुलसीपुरमा करेन्ट लागेर एक जना घाईते भएका छन् । घाईते हुनेमा तुलसीपुरमा उपमहागनरपालिका–१४ लुहाडबरा निबासी २५ बर्षका सुरेन्द्र चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुर–१७ को बनकट्टामा ट्रान्समिटर नयाँ तार विस्तार गर्ने क्रममा स्वर्गद्धारी विद्युत कम्पनी बिजौरीका कर्मचारी समेत रहेका चौधरीलाई दिउसो साढे चार बजे करेन्ट लागेका थियो । घाईते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २०७७ असार १८ गते बिहिवार
प्रतिक्रिया