मोटरसाईकल एक आपसमा ठोक्कीदा तुलसीपुरमा ४ जना घाईते

तुलसीपुर, १८ असार

दुईवटा मोटरसाईकल एक आपसमा ठोक्कीदा तुलसीपुरमा ४ जना घाईते भएका छन् । घाईते मध्य एक जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुरबाट भमके तर्फ जाँदै गरेको गरेको रा५प८०९५ मोटरसाईकल र पश्चिमबाट तुलसीपुर तर्फ आइरहेको रा५प ६५२५ नम्बरको मोटरसाईकल तुलसीपुर–८ अश्वाराको उकालोमा एक आपसमा ठोक्कीदा रा५प८०९५मोटरसाईकल चालक तुलसीपुर –२ भमके निबासी ३० बर्षका गुरु प्रसाद चौधरी र पछाडी बसेका दुधेना निबासी ३२ बर्षका पुनाराम चौधरी, रा५प ६५२५ नम्बरको मोटरसाईकल चालक शान्तिनगर गाउँपालिका–१ बगीया निबासी २० बर्षका शंकर परियार र पछाडी सवार बबई गाउँपालिका–१ निबासी ४८ बर्षकी पवि डाँगी घाईते भएका हुन् ।

गम्भिर घाईते पविलाई तुलसीपुरमा समान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको र अन्य घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ असार १८ गते बिहिवार
प्रतिक्रिया